Comments Add Comment

‘हृवावे वाई सेभेन प्रो २०१९’ नेपाली बजारमा

२४ फागुन, काठमाण्डौं । हृवावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन हृवावे वाई सेभेन प्रो २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।

कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप हृवावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ ।

वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन हृवावे वाई सेभेन प्रो २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ । नेपाली बजारमा हृवावेका अन्य स्मार्टफोनहरू झैँ यो स्मार्टफोन पनि निकै लोकपि्रय हुने विश्वास गरिएको छ ।

यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ- नीलो -ओरोरा ब्लू), कालो -मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) । नेपाली बजारमा हृवावेको वाई सेभेन प्रो २०१९ को मूल्य भने रूपैयाँ १९ हजार ९ सय ९० तोकिएको छ ।

६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

हृवावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण हृवावे वाई सेभेन प्रो २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहन्छ ।

भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि हृवावेले नयाँ हृवावे ड्र्यूड्रप डिस्प्ले हृवावे वाई सेभेन प्रो २०१९ मा जडान गरेको छ ।

हृवावेको ˆल्यागशीप हृवावे मेट ट्वान्टी र हृवावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ ।

८६.७ प्रतिशत स्क्रीन-टु-टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । हृवावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ ।

यो जानाजान गरिएको हो किनकि हृवावे वाई सेभेन प्रो २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि बनाइएको हो ।
हृवावे वाई सेभेन प्रो २०१९ले भिडियो र तस्वीरहरू सूक्ष्म रूपमा र स्पष्टताका साथ खिच्ने गर्दछ र यसमा जडित वाइड एपर्चरले धमिलो पृष्ठभूमि भएको पोरट्रेटहरू पनि सपोर्ट गर्दछ ।

हृवावे वाई सेभेन प्रो २०१९ मा हृयान्ड्स फ्रि तरिकाबाट पनि फोटो खिच्न सकिन्छ- हाउभाउ वा इशाराबाट फोटो खिच्ने वा सेल्फी खिच्नका लागि स्माइल गर्ने ।

हृवावे वाई सेभेन प्रो २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ । यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ ।

प्रयोगकर्ताहरूले अन-स्क्रीन निर्देशनहरूपछि आˆनो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन प्रो २०१९ अबमा सदाका लागि सेभ हुन्छ ।

वाई सेभेन प्रो २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् ।

वाई सेभेन प्रो २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।

महत्त्वपूर्ण विशेषताहरू ः

डिस्प्ले : ६.२६ ईन्च एचडी+हृवावे डिउड्रप डिस्प्ले (१९ः९, १५२०८७२०८)

एसओसी : अक्टा-कोर क्योलकम ४५०

जीपीयू : एन्ड्रेनो ५०६

र्‍याम : ३ जीबी

स्टोरेज : ३२ जीबीसहित ५१२ जीबीको एक्सपान्डेबल स्टोरेज

ओएस : ईएमयूआई ८.२

क्यामरा : रियर क्यामराः १३ एमपी +२ एमपी (एफ/१.८ एआई)

फ्रन्ट क्यामराः ईयु एण्ड एलएका लागि ८ एमपी एमपी एण्ड ईएका लागि १६ एमपी

कनेक्टीभिटी : ब्लु टुथ ४.२ ८०२.११. बी/जी/एन २.४ जीएचजेड डुअल सिम डुअल फोर जी हृवावे सेयर २.०

आई/ओ : युएसबी २.०

ब्याट्री : ४ हजार एमएएच (टिपिकल)

चार्जिङ : ५ भी/२ ए

रंगहरू : नीलो (ओरोरा ब्लू), कालो (मीडनाइट ब्ल्याक) र रातो (कोरल रेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment