Comments Add Comment

जन्मदिनमा प्रदिपलाई भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’

चलचित्र ‘प्रेमगीत’का लागि हिरो चाहियो भनेर निर्माताले एउटा रेडियोमा इन्टरभ्यू दिदै गर्दा नायक प्रदिप खड्का अष्ट्रेलिया जाने मुडमा थिए । आफैले निर्माण गरेको चलचित्र ‘स्केप’ नचलेपछि प्रदिपले यो क्षेत्र छाडेर अष्ट्रेलिया हुँइकिने सोच बनाए ।

तर, चलचित्र ‘प्रेमगीत’मा अनुवन्धित हुनु नै उनको करिअरका लागि नयाँ पोइन्ट थियो । यसपछि, अष्ट्रेलिया जाने सपना बोकेर ब्याक प्याकिङ गरेका प्रदिपको बाटो मोडियो । आज उनी नेपाली चलचित्रको चर्चित नायक बनिसकेका छन् ।
हुनत, प्रदिप अहिले पनि अष्ट्रेलिया पुग्ने गरेका छन् । तर, उनको अष्ट्रेलिया आवत–जावतको भाषा फेरिएको छ ।

चलचित्र ‘प्रेमगीत’ हिट भएपछि यो क्षेत्रमा सर्वाधिक खोजिएको नायक बनेका प्रदिप ‘लभ स्टेशन’सम्म आइपुग्दा स्टारको सूची भित्र परिसकेका छन् । उनको नाममा आज चलचित्रमा करोडौ लगानी गर्न निर्माता तयार छन् ।

चलचित्र ‘प्रेमगीत, प्रेमगीत २, लिलिबिली, रोज र लभ स्टेशन’सम्म आइपुग्दा नायक खड्का दर्शकको नजरमा मात्र परेका छैनन्, चलचित्र बनाउनेहरुका लागि लगानी फिर्ता गर्न सक्ने आशाको केन्द्रमा पनि छन् । यसैले त होला, उनलाई ४० लाखसम्म पारिश्रमिक दिएर निर्माता चलचित्र बनाउन लालयित भएका छन् ।

चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै चर्चा पाएका प्रदिप आजबाट २८ बर्षमा प्रवेश गरेका छन् । २८ बर्षको उमेरसम्म आइपुग्दा उनले पाएको सफलता लोभलाग्दो छ । तर, सफलता पाउन भन्दा जोगाउन गाह्रो पर्छ । प्रदिपले अहिले पाएको चर्चा र सफलतालाई जोगाउन सकेको खण्डमा उनी नेपाली चलचित्रमा लामो समयसम्म यही हाइपमा बल्नेछन् ।

जोसँग काम गर्यो, उहीसँग दरार
नायक खड्काले काम गरेको चलचित्र ‘प्रेमगीत’देखि आजसम्म आइपुग्दा उनमा एउटा समस्या देखिएको छ । उनी, जो निर्देशकसँग काम गर्छन् उसैसँग उनको सम्बन्ध विग्रिएको देखिन्छ । ‘प्रेमगीत’मा काम गरेपछि निर्देशक सुदर्शन थापा, ‘प्रेमगीत २’मा काम गरेपछि निर्देशक रामशरण पाठक, ‘लिलिबिली’मा काम गरेपछि निर्देशक मिलन चाम्स र ‘रोज’मा काम गरेपछि निर्देशक निरक पौडेलसँग उनको सम्बन्ध विग्रियो ।

यस्तै, नायिका पूजा शर्मासँग पनि उनको सम्बन्ध सुमधुर छैन । यसैले, प्रदिपले काम गर्नेसँग सम्बन्ध विगार्दै जाँदा उनलाई भोलीका दिनमा समस्या पर्न सक्छ पनि भनिन्छ । नायक प्रदिप खड्कालाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment