Comments Add Comment

‘सानिमा डिबेन्चर-२०८५’ नेप्सेमा सूचीकृत

२६ फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । आइतबार बैंकको १३ लाख ५४ हजार ७ सय १२ थान ‘सानिमा डिबेन्चर-२०८५’ नाम दिइएको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत गरेको हो ।

सूचीकृत सम्झौतापत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको वार्षिक १० प्रतिशत ब्याजदर रहेको तथा १० वर्षमा साँवा फिर्ता भुक्तानी हुने गरी यस बैंकले काठमाडौं क्यापिटल मार्केट लिमिटेडको बिक्री प्रबन्धकत्वमा जारी गरेको थियो ।

सानिमा बंैकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७२ वटा एटीएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment