Comments Add Comment

एयरबस मर्मतको ठेक्का रद्द नगर्न लेखाको निर्देशन

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एयरबस-३२० जहाजको इञ्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

अगाडि बढिसकेको ठेक्का प्रक्रिया रद्द गरी रि-टेण्डरको तयारी गरिरहेको निगमलाई समितिले पुरानै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै १० फागुनमा बसेको समिति बैठकले वाईडबडी ए-३३०, न्यारोबडी ए-३२० जहाज मर्मतको ठेक्का प्रक्रिया रोक्न लगाएको थियो ।

सोमबार समितिको बैठकले लुप्थान्सालाई समेत सहभागी गराई ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकोसमिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

निगमले प्राप्त चार कम्पनीहरुको प्रस्तावबाट प्राविधिकरुपमा प्रभावग्राही नभएको भन्दै लुप्थान्सालाई हटाएको थियो ।

तर, छानविनका क्रममा उक्त कम्पनीको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेकोले ठेक्का प्रक्रियाबाट नहटाउन निर्देशन दिइएको समिति सचिव पाण्डेले बताए ।

साथै समितिले यस विषयमा थप छानविन गर्न सरोकारवालाको समेत ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment