+
+
Shares

सल्यानमा ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु

रासस रासस
२०७५ फागुन २८ गते ११:००

२८ फागुन, सल्यान । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ । दुर्घटनाको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?