
Photo Credit : दीपक बोहरा/रासस
२८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् ।
बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ ।
उच्च सरकारी वकिल कार्यालय उद्घाटन महान्यायाधीवक्ता अग्नि खरेलले गरेका थिए । कार्यक्रममा सांसद चौधरीले पनि मन्तव्य राखेकी थिइन् । उनी मन्तव्य राखेर सिटमा फर्किएपछि उनी बेहोस भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4