Comments Add Comment

राजनीतिपछि खेलकुदमा मेरो प्राथमिकता : प्रचण्ड

२८ फागन, विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिपछि आफ्नो मुख्य प्राथमिकता खेलकुद र संस्कृति विकास भएको बताएका छन् ।

विराटनगरस्थित शहीद रंगशालामा मंगलबार पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासमा सधैं आफू तत्पर रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने ‘राजनीतिपछि सधै मेरो दुई कुरामा प्राथमिकता हुने गरेको छ । एउटा खेलकुद र अर्को संस्कृति विकास’ उनले थपे, ‘राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि खेलकुद महत्वपूर्ण छ । खेलकुदलाई संस्थागत विकास गर्न विद्यालय स्तरदेखि नै थालिएको छ । म प्रधानमन्त्री हुँदा र अहिले हाम्रो पार्टीले खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको छ ।’

६ राष्ट्र सहभागी साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा मार्च १६ तारिखमा बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment