Comments Add Comment

६ गोलको अपेक्षा गरेको थिएँ : प्रशिक्षक खड्का

२८ फागुन, विराटनगर । काठमाडौं । आयोजक राष्ट्र नेपालले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानलाई ३–० ले पराजित गर्‍यो । तर यो जीतबाट प्रशिक्षक हरि खड्का खुशी देखिएनन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले आफूले अपेक्षा गरेअनुसारको नतिजा नआएको बताए । ‘मैले ६ गोलसम्मको अपेक्षा गरेको थिएँ तर पाएको अवसरलाई सदुपयोग गर्न सकिएन । अब बंगालदेशको खेल हेरेपछि हामी रणनीति बनाउँछौं’ उनले भने ।

यता, भुटानका प्रशिक्षक सुङ जुयालीले नेपाली खेलाडी हरेक कुरामा बलियो भएको बताउँदै आफूहरुको तयारीमा बाधा पुगेको कारण यस्तो नतिजा आएको बताए । उनले होटलदेखि आयोजकको ब्यवस्थापन फितलो भएको गुनासो गरे ।

भुटानमाथि जीत हासिल गर्ने क्रममा खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थपिन् । ५५ औं मिनेटमा सावित्राको हेडर गोलमा कप्तान निरु थापाले गोल गर्दै नेपाललाई ३–० गोलको जित दिलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment