Comments Add Comment

सप्तरीमा बसको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

स्थानीयद्वारा राजमार्ग अवरुद्ध

२९ फागुन, सप्तरी । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा  को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आएको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

उदयपुरको बेलका नगरपालिका ९ को सहयोगी वचत तथा ऋण सहकारी संस्थाका जेष्ठ नागरिक चढेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो । सहकारीले ६५ वर्ष पार गरेका ३८ जना सदस्यलाई जनकपुर भ्रमणमा लिएर जाँदै थियो ।

दुर्घटनामा बसमा सवार १० जना घाइते भएका छन् भने ३ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । दुर्घटनापछि भ्रमण रद्द गरेर घर फर्किएको संस्थाका सचिव दमनकुमार कटवालले जानकारी दिए ।

यसैबीच, स्थानीयहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्व पारेका छन् । मृतकका आफन्तले पोष्टमार्टमका लागि शव लगिएको भन्दै चक्काजाम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment