Comments Add Comment

निर्माणाधीन अवस्थामै भत्किएको पुलको ७ महिनापछि पुनर्निर्माण सुरु

२९ फागुन, डडेल्धुरा । भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको सिमानामा पर्ने सेरागाडको भत्किएको पक्की मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । बगरकोट देवल सडकखण्डमा पर्ने यो पुल निर्माणधीन अवस्थामै साउन १० गते भत्केको थियो ।

पुनर्निर्माणको काम नभएको भन्दै स्थानीय आक्रोशित भएपछि अहिले लामो समयपछि बिमका लागि ढलान, छड, व्यारिङ लगाउने काम सुरु भएको हो ।

आउँदो वैशाख महिनाभित्र पुलको पुनर्निर्माण सम्पन्न गरिसक्ने निमार्णको ठेक्का पाएको विकोइ विल्डर्स निर्माण प्रालिले जानकारी दिएको छ । प्रालिका इन्जिनियर तीर्थ गुरुङका अनुसार जेठ महिनामा पुल हस्तान्तरण गरिने छ ।

आर्थिक वर्ष ०७१/७२ मा ठेक्का भएको उक्त पुल आर्थिक वर्ष ०७३/७४ मा निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । तर, निर्माण पूरा नहुँदै भत्किएको थियो ।

मूल्य अभिवृद्धि करसहित पाँच करोडको लागतमा निर्माण भइरहेको यो पुल निर्माणपश्चात जिल्लाको अजयमेरु गाउँपालिकाको वडा नम्बर ५, ६ सहित बैतडी जिल्लाका तल्लो स्वाराड क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतका गर्न सहज हुने छ ।

प्रिस्टेज प्रविधिमा निर्माण भइरहेको पुलको लम्बाइ ४० मिटर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment