
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
बुधबार अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई वहाँको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने पनि बताएका छन् ।
९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक हुन् ।
राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी झाडापखाला, वान्ता आउने र रक्तचाप सम्बन्धी समस्याका कारण दुई सातादेखि अस्पतालमा उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4