+
+
Shares

छोरीको जन्मदिनमा क्रिकेट रङ्गशाला निर्माणमा धुर्मुस-सुन्तलीको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३० गते १२:५२

३० फागुन, काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै धुर्मुसले छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोगको घोषणा गरेका हुन् ।

छोरीको जन्म दिनमा कुनै बिशेष कार्यक्रम नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेको उनीहरुले बताएका छन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

छोरी जन्मिएको ८ महिनामै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तलीले छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर, यसपालिको जन्म दिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीले बताइन् ।

चितवनमा निर्माण  गर्न लागिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को अहिले फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस-सुन्तलीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?