
चलचित्र ‘वीर विक्रम २’ र ‘प्रेम दिवस’ले जेठ ३ गतेलाई आफ्नो रिलिज हुने तय गरेका थिए । तर, दुबै चलचित्रको वितरण कम्पनी एउटै भएपछि आन्तरिक सहमतिमा प्रेम दिवसको रिलिज मिति पछि सारिएको छ ।
‘वीर विक्रम २’ जेठ ३ गते र ‘प्रेम दिवस’ त्यसको दुई हप्तापछि रिलिज हुनेछ ।
दुबै चलचित्रको वितरक कम्पनी एफडीका प्रबन्ध निर्देशक सुशील पोखरेलले आन्तरिक सहमतिमा नै चलचित्रको रिलिज मिति हेरफेर गरिएको फेसबुकमार्फत बताएका छन् ।
योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलको मुख्य भूमिका रहेको छ । चलचित्रलाई संजय न्यौपानेले निर्माण गरेका हुन् ।
त्यस्तै, मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर विक्रम २’मा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनलगायतको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई निर्देशक चाम्सले नै निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4