+
+
Shares

लगानी सम्मेलनमा प्रस्तुत गर्न ४३ परियोजना निश्चित

अहिलेसम्म २८५ लगानीकर्ताको सहभागीता पक्का

रोयल आचार्य रोयल आचार्य
२०७५ फागुन ३० गते १९:०३
Photo Credit : लगानी सम्मेलनको फाइल तस्वीर

२९ फागुन, काठमाडौं । आगामी चैत १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गर्न ४३ वटा परियोजना निश्चित भएका छन् । ती परियोजनामध्ये ३२ वटा लगानी बोर्डले र ११ वटा निजी क्षेत्रबाट तयार गरिएका हुन् ।

बोर्डले जलविद्युत्तर्फ ७ वटा आयोजनाहरु बनाएको छ । पश्चिम सेती, एसआर ६, तमोर, सुनकोशी–२, सुनकोशी–३, उत्तरगंगा र फुकोट कर्णाली जलविद्युत् आयोजनालाई बोर्डले समेटेको हो ।

यसैगरी सडक तथा हवाई यातायाततर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बस र्‍यापिड ट्रान्जिट (द्यच्त्), रामग्राम–तिलौराकोट बस र्‍यापिड ट्रान्जिट, सुदूरपश्चिम सार्वजनिक यातायात, काठमाडौं मेट्रो रेल, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल रहेका छन् ।

सहरी पूर्वाधारतर्फ हेटौंडा स्मार्ट सिटी, फोहरमैला व्यवस्थापन (बुटवल, जनकपुर, रत्ननगर), अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर गरी ३ वटा आयोजना छन् ।

बोर्डका अनुसार पर्यटन पूर्वाधारतर्फ ६ वटा आयोजनाहरु भएका छन् । जसमा गौतम बुद्ध इन्टरनेशनल म्याटरनिटी हस्पिटल, जानकी हेरिटेज होटल, धुलिखेल ड्रिमल्याण्ड, तालतलैया पर्यटकीय क्षेत्र विकास, इटहरी र फिल्म सिटी, दोलखा रहेका छन् ।

यसैगरी शिक्षा तथा स्वास्थ्यतर्फ पोखरा प्राविधिक शिक्षालय र धुलिखेल मेडिसिटी तयार भएका छन् भने औद्योगिक पूर्वाधारतर्फ सेज सिमरा, नौबस्ता औद्योगिक क्षेत्र (बाँके) र मोतीपुर औद्योगिक क्षेत्र (बुटवल) तयार भएका छन् ।

सम्मेलनमा २८ मुलुकका २ सय ८५ लगानीकर्ताले सहभागिता जनाउने पक्का गरेका छन् । लगानी बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो ।

कृषि पूर्वाधारमा बोर्डले ५ वटा परियोजना तयार गरेको छ । यसमा सबै प्रदेशका योजना समेटिएका छन् । बोर्डका अनुसार पर्सागढी, चितवन, बनेपा, वीरेन्द्रनगर र सुदूपश्चिमको गोदावरीमा शीत भण्डार, गोदाम तथा प्रशोधन केन्द्रका योजना रहेका छन् । सूदुरपश्चिममा प्रदेश रासायनिक मल कारखानाको परियोजना पनि रहेको छ ।

यसैगरी निजी क्षेत्रका तर्फबाट पनि ११ आयोजनाहरु तयार भएका छन् । जसमा जलविद्युत् तर्फका ६ वटा आयोजना भएको बोर्डले जनाएको छ ।

३० मेगावाटको त्रिशुली गल्छी, ५३.६ मेगावाटको मध्य कालीगण्डकी, ४० मेगावाटको माथिल्लो चमेलिया, १८ मेगावाटको इङ्वा खोला, १३२ मेगावाटको तल्लो वरुण र ५७.३० म्याग्दीखोला जलविद्युत् आयोजना तयार गरिएका छन् ।

यसैगरी औद्यागिक पूर्वाधार तर्फ पनि निजी क्षेत्रबाट २ वटा आयोजनाहरु तयार भएका छन् । गरुड सिमेन्ट र सिमेन्ट (आइएमई) आयोजना तयार भएको बोर्डले जनाएको छ । पर्यटन पूर्वाधारतर्फ ३ वटा केवलकारका योजनाहरु तयार भएका छन् ।

स्वर्गद्वारी केवलकार, जालपादेवी केवलकार र सिक्लेस अन्नपूर्ण केवलकार निजी क्षेत्रका तर्फबाट तयार भएका आयोजना हुन् ।

२ सय ८५ प्रतिनिधि निश्चित

सम्मेलनमा २८ मुलुकका २ सय ८५ लगानीकर्ताले सहभागिता जनाउने पक्का गरेका छन् । लगानी बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो ।

बोर्डका एक उच्च अधिकारीले भने, ‘मंगलबारसम्म २ सय ८५ जनाको तय भएको छ, सम्मेलन आउन अझै समय बाँकी रहेकाले यो संख्या थपिने छ ।’

सम्मेलनमा नेपाली लगानीकर्ताहरु १ सय ६० जनाभन्दा बढी हुने बोर्डले जनाएको छ । वक्ताको रुपमा भने ४० जना हुनेछन् ।
सम्मेलनको चैत १४ गते उद्घाटन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?