+
+
Shares

अधिकारका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते ७:१०
Photo Credit : PM Press

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु आफैं जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यावसायीलगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न स्मरण गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा लेखेका छन्, ‘यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो छ ।’

संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुद गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?