Comments Add Comment

चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

Photo Credit : युरोपा लिग

१ चैत्र, काठमाडौं । चेल्सी युरोपा लिग फुटबलको क्वटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ८–० गोलको जित निकालेको हो । यसअघि चेल्सीले पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे ।

जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गर्दै चेल्सीलाई पहिलो ३–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि जिराउडले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ७८औं मिनेटमा हुड्सनले गोल गरेपछि चेल्सीले डाइनामोलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment