+
+
Shares

चितवनमा थपिने भयो न्यूटन अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १२:१३

१ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा अर्को एक अस्पताल खुल्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ मा करिब ४ अर्बको लगानीमा न्यूटन अस्पताल खुल्ने भएको हो ।

हालै शिलान्यास गरिएको यो अस्पताल मुख्य गरी क्यान्सरका बिरामीहरुलाई लक्षित गरी खोलिने छ । चितवनमै वीपी कोइराला क्यान्सर अस्पताल र अन्य बिभिन्न निजी अस्पतालमा क्यान्सरको उपचार हुँदै आएको छ ।

३ विगाहा ११ कठ्ठा जग्गामा बन्ने न्युटन अस्पताल ३५० बेड क्षमताको हुने र चितवनकै सबैभन्दा सुविधा सम्पन्न हुने कार्यकारी प्रमुख डा. भक्तमान श्रेष्ठले जानकारी दिए । ‘सिंगल आइसीयु र जनरल आइसीयु पनि रहन्छ, चितवनकै सबैभन्दा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल हुन्छ’ डा. श्रेष्ठले भने, ‘भारत वा तेस्रो देश जानुपर्ने क्यान्सर विरामीलाई स्वदेशमा नै उपचार दिन सकियोस् भनेर अस्पताल सञ्चालन गर्न लागेका हौं ।’

भक्तमान वीपी कोइराला क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक हुन् । उनी २०६७ सालमा अज्ञात समूहको अपहरणमा परेका थिए । १८ दिनपछि अपहरणकारीले धादिङको मझिमटारमा छाडिदिएपछि उनी आफैं परिवारको सम्पर्कमा पुगेका थिए । लामो समयको अन्तरालपछि उनी न्युनटन अस्पतालमार्फत् पुनः क्यान्सरका बिरामीको सेवामा रहने छन् ।

न्युटन अस्पतालमा ३५ बेडको आइसीयु, ३५ बेडको आकस्मिक कक्ष र ९ वटा अप्रेशन थिएटर रहनेछन् । छतमा हेलिप्याडसमेत रहने डा. श्रेष्ठले जानकारी दिए ।

करिब ५० जना चिकित्सकसहित ६३ जनाको लगानी अस्पतालमा रहनेछ । भरतपुरको नारायणी सामुदायिक अस्पताल र आशा अस्पताल प्रालिकै मूल स्वामित्वमा न्यूटन अस्पताल रहने डा. श्रेष्ठले जानकारी दिए ।

निर्माण थालिएको दुई वर्ष ९ महिनाभित्र पूरा गरी थप ६ महिनामा उपकरण जडान गरिसक्ने लक्ष्य छ ।

निर्माणकर्ता ठेकेदार चयन गर्न बाँकी छ । अर्को सातासम्म ठेकेदार चयन गरी धमाधम निर्माणमा जाने अस्पतालका अध्यक्ष डा. नारायणसिंह कुँवरले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग नजिक रहने अस्पतालमा ट्रमाका विरामीहरुको समेत उपचारको व्यवस्था गरिने अध्यक्ष कुँवर बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?