+
+
Shares

युवा दुर्व्यसनमा फसेर जघन्य अपराध बढ्यो : आईजीपी खनाल

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १८:१५

१ चैत, धरान । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् । उनले दुर्व्यसनकै कारण समाजमा जघन्य अपराध पनि बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणको प्रभावकारी कार्यान्वय जरुरी रहेको बताए ।

धरान-६, पानबारीमा आसरा सुधार केन्द्रको नवनिर्मित शाखाको शुक्रबार उद्घाटन गर्दै आईजीपी खनालले अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रणका लागि ठोस कार्य हुनुपर्ने औंल्याएका हुन् । ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमुनाको रुपमा सुधार केन्द्र स्थापना भएको छ’, खनालले भने, ‘प्रहरी र स्थानीय समुदायमा मिलेमा अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रण गर्न उपब्धी हाँसिल हुन्छ ।’

उनले किशोरकिशोरीलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्दै उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउनु पर्ने खनालले बताए ।

टोलटोलमा रोजगारी तथा उनीहरुका रुचि अनुसारका रचनात्मक कार्यक्रमहरु समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै खनालले भने, ‘त्यस्ता कार्यक्रमको सञ्चालन समेत युवालाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भइ कुलतबाट जोगिन सक्छन् ।’

अर्को प्रसंगमा खनालले प्रहरी जुनसुकै बाहनामा हुने अपराध र सार्वजनिक शान्ति सुरक्षा कायम गर्ने विषयमा खरो रुपमा उत्रने पनि दाबी गरेका छन् ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले दुव्र्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्यका साथ नेपाल प्रहरीको पहलमा स्थापना भइ नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा केन्द्र सञ्चालन हुने बताइन् ।

स्थानीय जनसहभागितामा कूल २ करोड ३७ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो । ३ तले भवनमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हल लगायत सुविधा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?