
Photo Credit : कार्कीको फेसबुकबाट
२ चैत, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोलिटब्युरो सदस्य जीवन्त भनेर चिनिने मोहन कार्की छन् ।
आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरोले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।
गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4