+
+

माथिल्लो त्रिशुली थ्री ‘बी’ को आईपीओमा ५६ लाख कित्ताका लागि आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते १६:४१

७ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा खुल्ला भएको माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) मा पहिलाे दिन नै ५६ लाख कित्ता बढीको आवेदन परेको छ ।

कार्यक्रम अन्तर्गत पहिलो पटक खुला भएको यस आयोजनाको पहिलो दिन ५६ लाख ६० हजार ९ सय ३० कित्ताका लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत आवेदन दिएका दिएका छन् । बिहीबार प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

प्रधानमन्त्री पत्नी राधिकाले समते १० हजार कित्ताकै लागि आवेदन दिएकी छिन् । बिहीबार आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री दम्पतीसहित उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुन समेतले उक्त आयोजनाको आईपीओका लागि आवेदन दिएका हुन् ।

विभागी मन्त्री पुनले भने जम्मा एक हजार कित्ताका लागि मात्रै आवेदन दिएका छन् । आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री दम्पति तथा विभागी मन्त्रीसमेतले कार्यक्रम नै आयोजना गरेर सेयरका लागि आवेदन दिएका हुन् ।

फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए । नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गर्न लागिएको हो ।

त्रिशुली जलविद्युत् कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । सो कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कति दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । अग्रिम रुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?