+

सेरेनाले नाम फिर्ता लिइन्, नाओमी बाहिरिइन्

२०७५ चैत  १० गते १०:५७ २०७५ चैत १० गते १०:५७
सेरेनाले नाम फिर्ता लिइन्, नाओमी बाहिरिइन्

काठमाडौं । आठ पटककी च्याम्पियन सेरेना विलियम्सले मायामी ओपन टेनिसबाट नाम फिर्ता लिएका छन् ।

घुँडाको चोटका कारण उनले प्रतियोगिता नखेल्ने भएकी हुन् ।

२३ पटक ग्राण्डस्लाम उपाधि जितिसकेकी सेरेना स्वीडेनकी रेबेका पिटरसनलाई पराजित गर्दै तेस्रो चरणमा पुगेकी थिइन् । उनले अब अन्तिम २३ मा चीनकी २७ वर्षीया वाङ कियाङसँग खेल्नुपर्ने थियो । तर, चोटका कारण नाम फिर्ता लिएकी छन् ।

उनले पछिल्लो पटक २०१५ मा मायामी ओपनको उपाधि जितेकी थिइन् भने १०१७ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।

यस्तै विश्व नम्बर एक नाओमी ओशाकाले भने ताइवानकी सी सा वेइसँग अप्रत्यासित हार व्यहोरेकी छन् । जापानकी २१ वर्षीया ओशाकाले सेरेनालाई हराएर पहिलो पटक यूएस ओपन जितेकी थिइन् । तर, यो पटक दुबैको भेट टरेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय