Comments Add Comment

रगत परीक्षणः कुन रोगमा कसरी गर्ने ?

रगतको प्रवाह सम्पूर्ण शरीरमा हुन्छ । र, शरीरको कुनै पनि अंगमा गडबडी भएमा यसको प्रभाव रगतमा पनि देखिने गर्छ । त्यसैले, रगत तथा  पिसाबको जाँच गरेर पनि शरीरको सम्पूर्ण अवस्थाबारे जानकारी पाउन सकिन्छ । शरीरको अवस्थाबारे जान्नकै लागि वर्षमा कम्तीमा एक पटक भएपनि पाँच वटा रगत जाँच गर्नैपर्छ । यी जाँचद्धारा रोग समयमै पहिचान गरी यसको रोकथाम तथा उपचार गर्न सकिन्छ । र , आˆनो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकिन्छ ।

थाइराइड प्यानल

थाइराइड ग्रन्थीले शरीरमा महत्वपूर्ण हर्मोनको स्रावमा सहायता प्रदान  गर्छ । त्यसैले, थाइराइडको समस्या नहुनेले पनि वर्षमा कम्तीमा एक पटक थाइराइडको जाँच गर्नैपर्छ ।  यसले थाइराइडको समस्या मात्र नभएर शरीरिक अवस्थाबारे पनि जानकारी प्राप्त हुन्छ ।

नेपालमा थाइर। इडको समस्या बढ्दो क्रममा छ । साइलेन्ट किलर भनेर चिनिने यो रोग महिलालाई मात्र नभएर पुरुषलाई पनि हुने गर्छ । त्यसैले यो रोग छ कि छैन भनेर पत्ता लगाउन थाइराइड जाँच जरुरी छ ।  थाइराइड जाँचमा टि थ्री, टी फोर र टिएचएसको जाँच पर्दछ ।

लिपिड प्रोफाइल

शरीरमा कोलेस्ट्रोलको मात्रा जाँच गर्न लिपिड प्रोफाइल जाँच गर्न अनिवार्य छ । लिपिड प्रोफाइलमा चार वटा परीक्षण अनिवार्य छन् , टोटल कोलेस्ट्रोल (टि सी), हाईं डेन्सिसिटी लिप्रोप्रोटिन (एचडिएल), लो  डेन्सिसिटी लिप्रोप्रोटिन (एलडिएल), र ट्राइग्लिसिराइड । यो जाँचद्धारा मुटुको अवस्था थाहा पाउन सकिन्छ । यो जाँचमा एडीएलको साइज तथा त्यसको पार्टिकल्सको बारेमा थाहा पाउन सकिन्छ ।

हेमोग्लोबिन एवान्सी जाँच

एवान्सी जाँचद्धारा शरीरमा पछिल्लो तीन महिलाको ग्लूकोजको स्तरकारे पत्ता लगाउन सकिन्छ । प्रत्येक वर्ष नियमित रुपमा यो जाँच गरेमा मधुमेह जस्तो गम्भीर रोगबाट बच्न सकिन्छ । नसर्ने रोगको सुचीमा अग्रपक्तिमा रहेको मधुमेह विश्वमा गम्भीर समस्याको रुपमा देखा परेको छ ।

किड्नी फंशन जाँच

मिर्गौलाले सही तरीकाले काम गरेको छ कि छैन, पत्ता लगाउन चिकित्सकहरु किड्नी फंशन जाँच गर्न सल्लाह दिने गर्छन् । किड्नी फंशन जाँचमा दुईवटा परीक्षण आवश्यक छ, जसलमई एल्बूमिन टू कि्रएटिनिन रेसियो (एसिआर) र ग्लोमेरुलर फिल्टरेशन रेट (जिएफआर) भनिन्छ ।

एसिआर जाँचमा पिसाबको जाँच गरिन्छ भने जिएफआरमा रगतमा क्रिएटिनिनको जाँच गरिन्छ । जिएफआर जाँचका क्रममा देखिएको कि्रएटिनिनको मात्राको आधारमा नै भन्न सकिन्छ, मिर्गौलाले कति राम्ररी काम गरिरहेको छ ।

कम्पलिट व्लड काउन्ट जाँच (सिबिसी टेष्ट)

कम्पलिट व्लड काउन्ट जाँच (सिबिसी) शरीरको लागि निकै जरुरी छ । यो जाँचद्धारा कलेजो, मुटु र मिर्गौलाले अवस्थाबारे पत्ता लगाउन सकिन्छ । यो जाँचमा मुख्यतयाः रगतमा रहेको कोशिकाको जाँच गरिन्छ । जाँचका क्रममा यदी कुनै व्यक्तिको रगतमा  रगतको कण थोरै वा धेरै भएमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment