Comments Add Comment

बम सँगै राखेर विप्लवसँग वार्ता हुन्न : मन्त्री बास्कोटा

१० चैत, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्‍याएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने दावी गरे ।

नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति पनि आक्रोश व्यक्त गरे ।
मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिविधिलाई प्राथमिकता दिन नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment