+
+

क्रिस्टिनको आशा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १६:११

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’की मुख्य नायिका हुने क्रिस्टिन पौडेल । यो चलचित्रबाट उनी निकै आशावादी पनि छिन् । यो चलचित्रको कथा मन परेर आफूले काम गरेको बताउने क्रिस्टिन मनमा डर बढेको पनि बताउँछिन् । दर्शकले चलचित्रलाई कसरी लिने हुन् र आफ्नो कामलाई के भन्ने हुन् भन्ने डर उनको मनमा छ । क्रिस्टिन आफूले चलचित्रबाट आशा गरेको पनि बताउँछिन् ।

सौन्दर्य प्रतियोगीता हुँदै नेपाली चलचित्रको नायिका बनेकी क्रिस्टिन यही क्षेत्रमा लामो समय बिताउने सोचमा रहेको बताउँछिन् । यसका लागि उनको डेब्यू सिनेमा सफल हुन आवश्यक छ । दर्शकले नायक हरिहर अधिकारी र आफ्नो जोडीलाई मात्र होइन चलचित्रलाई पनि मन पराउने विश्वास उनको छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?