
१५, चैत, काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक नुवाकोटको एकीकृत कारोबारको सुरुवात भएको छ ।
राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले गरे । शुक्रबारदेखि नै ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएमसमेत सञ्चालनमा ल्याएको छ ।
ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएपछि थप जिम्मेवारी बढेको बताउदै अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकीकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक भएको दावी गरे । बैंकको चुक्ता पँुजी ३ अर्ब १० करोड पुगेको छ ।
एकीकृत कारोबारपछि ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजार भन्दा बढी, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकको शाखा संख्या ९५, एटीएम २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।
प्रतिक्रिया 4