+
+
Shares

सूचना प्रविधि विधेयकमा सहमति खोज्न ७ सदस्यीय उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १३:५७
Photo Credit : फाइल तस्वीर

१८ चैत, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि छलफल गरी प्रतिवेदन तयार गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।

सोमबार बसेको बैठकले १ महिनाभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । उपसमितिमा सांसदहरु राजेन्द्र लिंदेन, इन्दु शर्मा, बहादुरसिंह लामा, अनिल झा, केदार सिग्देल, विना श्रेष्ठ र गौरीशंकर चौधरी सदस्य रहेका छन् ।

समितिमा छलफलको क्रममा रहेको विधेकमाथि २८ सांसदले विभिन्न ९ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?