Comments Add Comment

आयोगमा राजनीतिक दबाव छैन : अख्तियार प्रमुख नवीन घिमिरे

एसईई प्रश्नपत्रको विषयमा अख्तियार प्रवेश गर्ने

१९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले आयोगमा कुनै प्रकारको राजनीतिक दवाव नभएको बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा उपस्थित भएको उनले भने , ‘आयोगलाई कुनै प्रकारको राजनीतिक प्रेसर छैन ।’

समितिमा सदसयहरुले आयोगलाई राजनीतिक प्रेसर छ कि छैन ? प्रेसरका कारण ठूला माछा (ठूला भ्रष्टाचारी) नसमातेको हो कि ? ठूला भ्रष्टाचारमा आयोगमा किन प्रवेश गर्न नसकेको भनी प्रश्न गरेृका थिए । सोही प्रश्नको जवाफ दिदै प्रमुख घिमिरेले राजनीतिक दवाव नभएको प्रष्ट्याएका हुन् ।

बैठकमा उनलेयही चैत १० गतेदेखि संचालन भएको एसईईमा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएको विषयमा पनि आयोग प्रवेश गर्ने बताएका छन् । ‘एसईई प्रश्नपत्रको विषय बाहिर आएको छ । आयोग पनि प्रवेश गर्छ । अहिले सीआईबीले अनुसन्धान गरिरहे छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment