Comments Add Comment

पार्टी एकता टुंगिन अझै ६ महिनासम्म लाग्छ : घनश्याम भुसाल

२१ चैत, बुटवल । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी एकता टुंगो लाग्न अझै ४ देखि ६ महिना लाग्ने बताएका छन् ।

एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौं फर्कने क्रममा बिहीबार पत्रकारहरुसंग कुरा गर्दै नेता भुसालले १० महिनासम्म एकता टुंग्याउन नसक्दा राम्रो सन्देश नगएको बताए ।

‘१० महिनासम्म एकता प्रक्रियालाई तलसम्म टुंग्याउन सकेका छैनौं, एकता नहुनुका पनि आफ्नै कारण छन्,त्यसैले बाहिर धेरै कुरा गरेका छैनौं’ भुसालले भने–‘तर अब ४/६ महिनामा यसले पूर्णता पाउँछ ।’

तत्कालिन एमाले र माओवादी दुई पार्टीबीचको एकता टुंगो नलाग्दा विकासले गति लिन नसकेको उनको भनाइ छ । भुसालले पार्टीलाई अंध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताए । सिके राउतसंग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको उनले टिप्पणी गरे ।

सिके राउतलाई लोकतान्त्रिक गणतन्त्रको मुल प्रवाहमा ल्याउने सम्झौता सकारात्मक भएपनि पार्टी भित्र छलफल नगरिनु गलत भएको बताए ।

विप्लव समूहलाई राजनैतिक र सैद्धान्तिक ढंगले हल गर्न सकिने अवस्था हुँदाहुँदै प्रतिबन्ध लगाइएको उनको तर्क छ । विप्लवहरुले चन्दा आंतक, लुटपाट र हत्या हिंसा रोक्नुपर्ने भुसालले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment