+
+
Shares

सरकारले बढायो सडक उपभोग दस्तुर, कहाँको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १९:२६

२१ चैत, काठमाडाैं । सरकारले सडक प्रयोग गरेवापत सवारीसाधन धनिले तिर्नुपर्ने दस्तुर बढाएको छ । चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाका अनुसार हेटौंडा नारायणगढसम्मको लागि ठूला सवारी साधन (बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्ट) का लागि एक सय रुपैयाँ कायम गरिएको छ ।

सोही सडकका लागि साना सवारीसाधन (कार, जिप, पिकअप भ्यान र ट्रयाक्टर) का लागि ४० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ दस्तुर तोकिएको छ ।

यस्तै, नारायणघाट बुटवल खण्डका लागि बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्टका लागि १३०, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको मन्त्री बास्कोटाले जानकारी दिए ।

नौविसे मुग्लिङ सडक खण्डको लागि ठूला सवारी साधनका लागि १२० र साना सवारीका लागि ५० कायम गरिएको छ । काकडभिट्टा दमकका लागि ठूला सवारीका लागि ७५, सानाका लागि ३० रुपैयाँ सडक दस्तुर तोकिएको छ ।

दमक इटहरीका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५०, विराटनगर धरानका लागि ठूला सवारीका लािग ७०, सानाका लागि २५ रुपैयाँ, कोशी जैहरुवाका लागि ठूलाका लागि १४०, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ ।

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५, सानाका लागि ८५, हेटौंडा विरगञ्जका लागि ठूला सवारीका लागि ८५, सानाका लागि ५०, विरगञ्ज पथलैयाका लागि ठूला सवारीका लागि ५० सानाका लागि २० र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

धुलिखेल खुर्कोटका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५० र टेम्पु र मोटरसाइकलको लागि १५ रुपैयाँ कायम गरिएको छ ।

खुर्कोट, सिन्धुली र बर्दिबाससम्मको लागि ठूलाका लागि ११५, सानाका लागि ४५ र टेम्पु र मोटरसाइकलको लागि १५ तथा पाँचखाल मेलम्चीका लागि ठूला सवारीका लागि ५०, सानाका लागि १५ र टेम्पु र मोटरसाइकलको लागि ५ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?