Comments Add Comment

सिताराम दुधको उत्पादन अब भाटभटेनीमा

२१ चैत, काठमाडाैं । सीताराम दुधले बिहीबारबाट आफ्नो उत्पादनलाई विस्तार गरेको छ ।

यसअघि दुध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रि दही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगञ्जमा पाइने भएको छ ।

भाटभटेनीमा एक कार्यक्रम गरेर सिताराम घिउका ब्रान्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दुधका उत्पादनको उद्घाटन गरेकी छन् ।

उद्घाटन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउँदा उत्साही भएको बताउँदै स्वेदशी उत्पादनलाई आफूहरुले प्राथमिकतामा राखेको बताए ।

उनले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनले सहयोग पुर्याउने बताउँदै आगामी दिनमा थप उत्पादनका लागि शुभकामना समेत व्यक्त गरे । सीताराम दुधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताए ।

केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्क नेपालको निजी क्षेत्रका सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो ।

यसको स्थापना २०५२ सालमा भएको हो र यसले बिगत २४ बर्षदेखि आफनो उत्पादनमा गुणस्तर, समयमा आम ग्राहकहरुको घरघरमा बितरण तथा समय समयमा स्वास्थ्य सम्बन्धी बिभिन्न जानकारीमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment