Comments Add Comment

दुबै हात गुमाएका बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीको सहयोग

काठमाडौं । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुँवर र हरिकाजी ढुंगानाको उपचारका लागि विदेशमा बस्ने नेपालीहरुले एक लाख चार हजार रुपैयाँ सहयोग गरेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका-८ का २३ वर्षीय बुद्धिमान कुँवरको भारतमा मजदुरी गर्ने क्रममा र खोटाङको रूपाकोट मझुवागढी नगरपालिका-६ निवासी ३६ वर्षीय हरिकाजी ढुंगानाको विद्युत प्राधिकरणमा काम गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमेका छन् ।

जर्मनीमा बस्दै आएकी बन्दना पुन बुढामगरको पहलमा संकलन गरिएको रकम कुँवर र ढुंगानालाई जनही ५२-५२ हजार रुपैयाँ सहयोग गरिएको हो ।

बन्दनाको तर्फबाट उनकी बहिनी पत्रकार देविका घर्ती मगरलगायतका पत्रकारहरूको उपस्थितिमा शनिबार काठमाडौंमा रकम हस्तान्तरण गरिन् ।

बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका थिए ।

केही समयदेखि कुँवर र ढुंगानाको उपचारका निम्ति सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ । उनीहरूले काठमाडौंमा डेरा गरेर उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment