Comments Add Comment

भिक्षु अश्वघोषको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय

२४ चैत, काठमाडौं । सरकारले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले यो निर्णय गरेको हो । भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो ।

उनी २०४९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद थिए । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment