Comments Add Comment

एक्स पार्टनरसँग रोमान्सः कति सही ?

मानौ तपाईंको प्रेम सम्बन्ध टुट्यो । प्रेम किन टुट्यो ? दुबैले यसको दोष एकअर्कालाई थोपर्नुभयो । अविश्वास, आशंका यस्तै-यस्तै कुराले पनि तपाईंहरुको सम्बन्ध कायम रहेन ।

पछि तपाईं मनमनै घोत्लिनुभयो, ‘वास्तवमा के कारण थियो हाम्रो सम्बन्धमा फाटो ल्याउने ?’ तपाईं कारणहरु केलाउन थाल्नुहुन्छ । र, कुनै नतिजामा पुग्नुहुन्न । अर्थात कारण केही पनि फेला पार्नुहुन्न । सामान्य असमझदारी बढ्दै गएपछि नै तपाईं दुई जनाबीच मनमुटाव भयो । भनाभन भयो । र, दुबैले एकअर्कालाई त्याग्नुभयो ।

तर, अहिले तपाईंले महसुष गर्नुभयो, सम्बन्ध टुट्नुमा कुनै खास कारण थिएन । न उनको गल्ती थियो, न तपाईंको गल्ती थियो । दुबैबीच असमझदारी बढ्दै गयो र त्यसैले सम्बन्धलाई दुई चिरा पार्‍यो ।

अब तपाईंले आफ्नो गल्ती महसुष गर्नुभयो । तपाईंलाई यसले भित्रभित्रै पोल्न थाल्यो । गलाउन थाल्यो । ग्लानीबोध भयो । कमजोरी थाहा भयो ।

तपाईं पुन उनै पार्टनरकहाँ जानुहुन्छ ?

तपाईंहरुको भलाई छ, पुनर्मिलनमा । एकअर्काको गल्ती र कमजोरीलाई स्विकार्दै एवं सच्याउँदै तपाईंहरु जब फेरी मिल्नुहुन्छ । तपाईंहरुको सम्बन्ध थप एक तह अगाडि बढ्छ । यसले तपाईंहरुको माया डोरी थप कसिलो हुन्छ । रसिलो पनि ।

किनभने भोलिका दिनमा तपाईंहरुको सम्बन्धमा यस्ता सानातिना उल्झन आउनेछैन । किनभने विगतका घटनाबाट तपाईंहरुले पाठ सिक्नुभएको त । यसको अर्थ के भने, तपाईंहरु थप परिपक्क हुनुभयो । तपाईंहरुको सम्बन्ध अरु बलियो भयो ।

हामी कतिपय निर्णय भावआवेगमा आएर गर्छौ । यसरी गरिएका निर्णयहरु सही हुँदैनन् । अतः आफुले गरिने यस्ता निर्णयहरुमा पुर्नविचार गर्नुपर्ने हुन्छ ।

भनिन्छ, सानोतिनो झैझगडा, तर्कवितर्कले नै सम्बन्धलाई अरु बलियो बनाउँछ । परिपक्क बनाउँछ । प्रेम सम्बन्धमा पनि यो कुरा लागु हुन्छ । त्यसैले एक पटक टुटिसकेको सम्बन्धलाई पुर्नस्थापित गर्न सकिन्छ । यस पछि जोडिने सम्बन्ध दीगो हुन्छ ।

यद्यपी यहाँ आइपुग्दा हेक्का राख्नुपर्ने कुरा के छ भने, जब पार्टनरले आफ्नो गल्ती कमजोरी स्विकार्दै पुन सम्बन्ध बनाउनका लागि प्रयास गर्छन्, त्यसमा आफुले पनि सकारात्मक कदम चाल्नुपर्छ । यहाँ आएर पार्टनरलाई कमजोर देखाउने प्रयास गर्नु हुँदैन । पार्टनरलाई आफ्नो सामुन्ने झुकेको भनेर पनि बुझ्नु हुँदैन । यस किसिमको भावले आफुमा अहंकार एवं दम्भ पैदा गर्छ । अहंकार र दम्भले कहिले पनि कुनैपनि सम्बन्धलाई सुमधुर बनाइरहँदैन ।

यसै सन्दर्भमा एउटा रमाइलो विषयमा खोज भएको छ । उक्त खोजको नतिजाले भन्छ, पूर्व गर्लफ्रेन्ड वा ब्वाईफ्रेन्डवीच शारीरिक सम्पर्क भएमा त्यसले उनीहरुको सम्बन्धलाई अर्को आयमबाट अगाडि बढाउने बाटो खोलिदिन्छ ।

एक्स पार्टनरसँग रोमान्स

सम्बन्ध टुटिसकेपछिको अवस्थामा कतिपयले आफ्ना पुराना यादहरु भुल्न सक्दैनन् । उनीहरु पुराना पार्टनरकहाँ पुन सम्बन्ध जोड्न चाहन्छन् । तर, अर्का पाटर्नर यसमा मञ्जुर हुँदैनन् । उनीहरु पुराना कुराहरु सबै भुल्ने चेष्टा गरिरहेका हुन्छन् ।

यस्तो अवस्थामा एक्स अर्थात पूर्व गर्लफ्रेन्ड/ब्वाईफ्रेन्डबीच शारीरिक सम्बन्ध कायम भएमा त्यसले उनीहरुको सम्बन्ध अगाडि बढाउन मद्दत मिल्छ ।

के भन्छ अध्ययन ?

स्टेफनी स्पीलमन, जो स्पि्रंगरको जर्नलमा अर्काइब्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक स्टडीको मूख्य लेखिका हुन् । उनका अनुसार ब्रेकअपपछि आफ्ना एक्स पार्टनरसँग शारीरिक सम्बन्ध बनाउनु कुनै नराम्रो होइन । यस किसिमको सम्बन्धले ब्रेकअपपछि पुर्नमिलन हुनु वा सम्बन्धलाई अगाडि बढाउनमा खास समस्या हुँदैन ।

वायेन स्टेट युनिभर्सिटीमा यस रिसर्चको काम भएको थियो । उक्त अध्ययन अनुसार पूर्व पार्टनरसँग अन्तरंग पल बिताउनु एक राम्रो काइदा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment