Comments Add Comment

कम्लहरी विषयवस्तुमा बनेको चलचित्र ‘लावाजुनी’लाई युनिभर्सल प्रमाणपत्र

२५ चैत, दाङ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको कम्लहरी विषयवस्तुको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् ।

नेपालको पश्चिमी जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलित कम्लहरी प्रथामा आधारित चलचित्र लावाजुनीमा कम्लहरी बस्दा थारु बालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ ।

‘पहल नेपाल’को ब्यानरमा निर्माण गरिएको चलचित्र लावाजुनीमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरुरुको अभियनय रहेको छ ।

लावाजुनीमा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । चलचित्रका गीतहरुमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन् ।

करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् । यसका निर्माताहरुमा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् ।

लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment