Comments Add Comment

भाजपाको घोषणापत्र : गोर्खाल्याण्ड र नेपालीभाषीको माग पूरा गर्ने आश्वासन

२७ चैत, काठमाडौं । भारतको आम निर्वाचन नजिकिदै गर्दा मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलले कुनै अस्त्र बाँकी राखेका छैनन् ।

कांग्रेस आईले गरीब किसानको ऋण मिनाहदेखि नगद दिनेसम्मका आश्वासन बाँडिरहदा सत्तारुढ भारतीय जनता पार्टीले ५० लाभन्दा बढी नेपाली भाषीको मन जित्ने प्रयास गरेको छ ।

लामो समयदेखि अलग गोर्खाल्याण्ड माग गर्दै आएका दार्जिलिङ, सिलिगुडी र सिक्किमका आदिवासीहरुको मागलाई भाजपाले घोषणापत्रमा समेटेको छ । भाजपाले आफ्नो घोषणापत्रमा गोर्खाल्याण्डलाई राजनीतिक समाधान खोज्ने जनाएको छ ।

उसको घोषणपत्रमा दार्जिलिङ, सिलिगुडी र डुवर्स क्षेत्रको गोर्खाल्याण्ड मागको स्थायी राजनीतिक समाधान खोज्ने आश्वासन दिएको छ । त्यस्तै उसले सिक्किमबाट विधानसभामा तामाङ र लिम्बुलाई आरक्षण दिलाउनेसमेत प्रतिबद्धता जनाएको छ ।
यसका साथै भारतीय गोर्खा आदिवासीमा ११ वटा नेपाली समुदायलाई समेट्ने आश्वासन समेत भाजपाले दिएको छ । पश्चिम बंगालबाट अधिकतम सिट जित्न भाजपाले नेपाली भोटमा आँखा गाडेको हो ।

उसको घोषणापत्रले आसाम र मेघालयका नेपालीभाषीलाई समेत समेटेको छ । पश्चिम बंगालमा हाल त्रिणमूल कांग्रेसको बर्चश्व छ । बिगतमा लामो समय यहाँ वामपन्थीको बर्चश्व थियो र अहिले पनि पश्चिम बंगालमा मुख्य प्रतिस्पर्धा त्रिणमूल र भाकपा मार्क्सवादीनै हुन् ।

उनीहरुले दुवैले गोर्खाल्याण्डको माग अस्वीकार गरेको भन्दै भाजपाले घोषणापत्रमा समेट्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment