Comments Add Comment

बरुणकी प्रेमिकालाई मार्ने फ्यानको धम्की

बलिउड नायक बरुण धवनका एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएका छन् । बरुणलाई भेट्न नपाउँदा उनले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका हुन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका थिए ।

बरुणको फ्यान लामो समयदेखि बरुणलाई भेट्न चाहिरहेका थिए । तर भेट्न पाएका थिएनन् । आफ्नो चलचित्र ‘कंलक’को प्रचारमा व्यस्त बनेका बरुण शुक्रबार साझ घरको गेटमा पुग्दा त्यहाँ उक्त फ्यानले कोलाहल मच्चाए । उक्त कुरालाई वेवास्था गर्दै बरुण घर छिरे । त्यसपछि फ्यान आक्रोशित हुँदै बरुणकी प्रेमिकालाई मार्ने धम्की दिएका थिए ।

सुरुमा बरुणमाथि नै खनिएका फ्यान पछि मात्र बरुणको प्रेमिका नताशालाई मार्ने धम्की दिन सुरु गरेका थिए । अहिले बरुण चलचित्रको प्रचारमा व्यस्त भएका कारण कोहीसँग भेट गर्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment