 
																			
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन् ।
शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको करियोग्राफी छ ।
योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रलाई मनिश दाहाले निर्माण गरेका हुन् । चलचित्रमा संजय न्यौपाने कार्यकारी निर्माताका रुपमा छन् । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने सम्पादनको जिम्मा बनिश शाह र मिलन श्रेष्ठले लिएका छन् ।
यसैविच, जेठ ३ गतेबाट पछि सरेको यो चलचित्र अब जेठको ३१ गतेबाट रिलिज हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4