Comments Add Comment

मदन-आश्रित स्मृति दिवसमा १५४ जनाद्धारा रक्तदान

२५ चैत चितवन । मदन भण्डारी फाउण्डेसन चितवनले २६ औँं मदन-आश्रति स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेका छन् ।

जसमा ३४ जना महिला र १२० जना पुरुष रहेको फाउण्डेसनका सचिव श्याम बिष्टले जानकारी दिए ।

भरतपुरको चौबीसकोठीमा आयोजना गरेको कार्यक्रममा रक्तदातामध्ये ६८ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

फाउण्डेसनका प्रदेश ३ का सचिव दीपक निरौलाले रक्त सङ्कलन झोला जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

रक्तदान पूर्वफाउण्डेसनका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु सुवेदीले तराईका बारा र पर्सामा आँधीबाट घाइते भएका बिरामी र जिल्लामा समेत रगतको अभाव भएपछि मदन आश्रतिको स्मृतिमा रक्तदान कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिसट पार्टी -नेकपा० का नेता नारायण दाहाल, ईश्वरी सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, संगीता भट्टराई, बेलीमाया घले लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment