Comments Add Comment

बिराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

२६ चैत, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् ।

हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment