Comments Add Comment

बेलायतमा यसपटक पनि बुद्ध जयन्ती मनाइने, तयारी समिति गठन

बेलायत । बेलायतमा यो वर्ष पनि बुद्ध जयन्ती मनाइने भएको छ । नेपाली राजदूतावास, बेलायत र नेपाल टुरिज्म बोर्डसँगको सहकार्यमा बुद्ध फाउन्डेसन, युकेले जयन्ती मनाउन लागेको हो । कार्यक्रम लण्डनको ट्राफल्गार स्क्वायरमा हुनेछ ।

तीन वर्षदेखि लण्डनमा मनाउँदै आएको बुद्ध जयन्तीलाई भिजिट नेपाल २०२० को पूर्बसन्ध्यामा बिभिन्न देशका राजदूतहरु, बेलायती संसद, बिभिन्न शहरका मेयर तथा बेलायतस्थित बिभिन्न बुद्धिष्ट संगठनहरुलाई समेत समेटेर व्यापक रुपमा मनाउने तयारी गरिएको छ ।

कार्यकम्रममा ७ भन्दा बढी देशका राजदूतहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । यस पटकको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखिएको बुद्ध फाउन्डेसन्, युकेका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई परिणाममुखी बनाउन दूतावासले सम्पूर्ण सहयोग गर्ने लण्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले प्रतिबद्धता व्यक्त गरेका छन् । लण्डनस्थित नेपाली राजदूतावासमा भएको फाउन्डेशन र दूतावासको संयुक्त बैठकमा समिति, उपसमितिलगायतका बिभिन्न निर्णयहरुसमेत गरेको छ ।

कार्यक्रमको प्रमुख संयोजकको जिम्मेवारी बेलायतस्थित समाजसेवी शिवजी श्रेष्ठलाई तोकिएको छ। सह-संयोजकमा ह्यारी गुरुङ र सचिवको जिम्मा जीवन सेनलाई दिइएको छ ।

त्यसैगरी बिभिन्न समितिका संयोजकहरुमा नेपाली दूतावासको तर्फबाट संयोजकमा दूतावासका उपनियोग प्रमुख शरदराज आरन, अतिथि ब्यबस्थापन संयोजकमा एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, संघसंस्था समन्वय समिति संयोजकमा मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापा, अन्तर्राष्ट्रिय बुद्धिस्ट सांस्कृतिक संगठन संयोजकमा पासा पुचः गुठी युकेका पूर्बअध्यक्ष कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै अतिथि स्वागत संयोजकमा मिसेस नेपाल युके २०१८ बिनु लामिछाने, बुद्ध पुञ्ज संयोजक लामा धर्म गुरुङ, सांस्कृतिक कार्यक्रम संयोजक प्रतिभा नक्षत्र सिम्मी पुन, मिडिया संयोजक नेपाल पत्रकार महासंघका युके अध्यक्ष नरेश खपांगी छन् । संस्थापक अध्यक्ष नवीन पोखरेल, बीबीसी नेपाली सेवाका भगिरथ योगीलगायतका पत्रकारहरु पनि समितिमा छन् ।

यस्तै मार्केटिंङ संयोजकमा विकाश नेपाल, अर्थ संयोजक बुद्ध फाउन्डेशन संयोजक राजन खकुरेल, सेक्रेटरियट संयोजकमा तमु धीं युकेका पूर्बअध्यक्ष सुबसिंह गुरुङ, रहेका छन् ।

जनसम्पर्क संयोजक तमु धीं युके बरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ छन् ।

कार्यक्रमका प्रमुख संयोजक शिवजी श्रेष्ठले यस पटकको कार्यक्रमलाई अझ परिस्कृत र वेल्सदेखि स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तथा इंग्ल्याण्डका बिभिन्न भागमा रहेका नेपालीहरुको व्यापक सहभागिता गराइने प्रयास भइरहेको जानकारी दिए ।

बुद्ध फाउन्डेसन् युकेले बुद्धको जन्मथलोको बारेमा रहेको भ्रम चिर्दै नेपाली संस्कृतिलाई विश्वमञ्चमा  प्रदर्शन गर्दै नेपाली पर्यटनको प्रबर्द्धन गरदै लैजाने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment