Comments Add Comment

हेमा मालिनीको रोचक लभ स्टोरी

हेमा मालिनी आफ्ना जमनाकी ‘डि्रमगर्ल’ थिइन् । फिल्म खेल्ने क्रममै उनको धर्मेन्द्रसँग भेट भयो, प्रेम बस्यो र विवाह भयो ।

अहिले धमेन्द्र-हेमा छोराछोरी मात्र होइन, नाता-नातिनीको समेत धनी भइसकेका छन् । यतिबेला हेमाको जवानी गइसकेको छ । उनी ७० बर्षकी भइन् ।

हेमा मालिनी आफ्ना जमनाकी अत्यान्तै आकर्षक अभिनेत्री मानिन्थे । उनमा सौन्दर्य र अभिनयको अनौठो संगम रहेको भनिन्थ्यो । लगभग चार दशकको करियरमा उनले केही सुपरहिट फिल्म दिइन् । जबकी कुनैबेला उनी हिरोइनको रुपमा अस्विकृत भएकी थिइन् । त्यो उनको करियरको पूवार्द्धको समय थियो । हेमा त्यसबेला भर्खर फिल्मी क्षेत्रमा पाइला चाल्दै थिइन् । तब एक तमिल निर्देशक श्रीधरले उनलाई आफ्नो फिल्ममा काम दिइनन्, कारण हेमामा स्टार अपील छैन । तर, पछि निरन्तरको संघर्षले हेमा मालिनीलाई बलिउडमा चम्काइदियो ।

बिरु र बसन्तीको प्रेमलिला

हेमाको पहिलो फिल्म थियो, सपनो का सौदागर । यो फिल्मको निर्माता, निर्देशक एवं अभिनेता थिए, राज कपूर । यही फिल्मबाट हेमाले ‘डि्रम गर्ल’को उपमा पाइन् । त्यसपछि उनले जानी मेरा नाम, अन्दाज, सीता और गीता हुँदै शोले फिल्म खेल्न भ्याइन् । सन् १९७५ मा प्रदर्शनमा आएको फिल्म शोलेमा धर्मेन्द्रले वीरु र हेमा मालिनीले बसन्तीको भूमिका गरेकी थिइन् । हेमा र धर्मेन्द्रको अनस्त्रिmन जोडी एकदमै रुचाइयो ।

अनस्त्रिmन मात्र होइन, धर्मेन्द्र र हेमा मालिनीको अफस्क्रिन रोमान्स पनि चलिरहेको थियो । शोलेपछि त्यो सम्बन्ध अरु झांगियो ।

उनीहरुको प्रेमकथा कम्ता घतलाग्दो छैन ।

नाम र धर्म बदलेर विवाह

भनिहालौ, धर्मेन्द्रले हेममासँग विवाह धर्म र नाम बदलेर गरेका थिए ।

किनभने यसअघि धर्मेन्द्र विवाहित थिए । उनको विवाह प्रकाश कौरसँग भइसकेको थियो । त्यसबेला उनी फिल्ममा चम्किएका थिएनन् । सन् १९८५ मा उनको फिल्म प्रदर्शनमा आयो । यो उनको पहिलो फिल्म थियो । फिल्मको नाम, दिल भी तेरा हम भी तेरे । त्यसपछि हेमाको पहिलो फिल्म प्रदर्शन भयो, सपनों का सौदागर ।

सन् १९७० मा धर्मेन्द्र र हेमा मालिनी पहिलो पटक एकसाथ स्क्रिनमा देखिए, फिलम शराफत और तुम हसीन मै जवां । त्यसपछि नै हो, उनीहरुको सम्बन्ध निकट भएको छ ।

धर्मेन्द्रलाई रुचाउँदैनथे हेमाको परिवार

हेमा मालिनीकी आमा जया चक्रवती भने आफ्नी छोरीलाई धर्मेन्द्रसँग विवाह गराइदिने पक्षमा थिइनन् । विवाहको के कुरा, दुबै आपसमा भेटघाट गरेको पनि उनलाई रुची थिएन । किनभने धर्मेन्द्र विवाहित थिए । एकातिर उनीहरुको उमेर अन्तर पनि धेरै थियो, अर्कोतिर धर्म पनि मिल्दैनथ्यो ।

जया चक्रवर्तीले छोरीलाई धेरै पटक सम्झाए, बुझाए । तर, हेमा मालिनी धर्मेन्द्रको साथ छाड्नै नसक्ने अवस्थामा थिइन् ।

जितेन्द्रसँग हेमाको छिनोफानो

यता हेमाको परिवारले छोरीलाई जितेन्द्रसँग विवाह गराइदिने तयारी गरेका थिए । दुबैका परिवारले विवाहको सम्पूर्ण मेलोमेसो पनि मिलाइसकेको थियो ।

यो कुरा थाहा पाएपछि धर्मेन्द्र औधी रिसाए । उनी फिल्म सेटमै पुगे, जहाँ हेमा र जितेन्द्र साथै थिए । उनले हेमामाथि आफ्नो आक्रोस पोखे ।

त्यसपछि मद्रासको जुन होटलमा हेमा र जितेन्द्रको विवाह हुनेवाला थियो, त्यहाँ धर्मेन्द्र पुगे । उनीमात्र पुगेनन्, जितेन्द्रकी प्रेमिका तथा अहिलेकी श्रीमती शोभा सिप्पीलाई पनि साथमै लगेका थिए । आफ्नी छोरीको विवाहमा खलल पुर्‍याउने ठानेर हेमा मालिनीको पिताले धर्मेन्द्रलाई धक्का दिएर निकालेका थिए । त्यसपछि हेमाले विवाहका लागि समय मागेकी थिइन् ।

धमेन्द्रले राखेका थिए यस्तो सर्त

हिन्दु धर्म मान्ने धर्मेन्द र मुस्लिम धर्म मान्ने हेमा अन्ततः विवाह गर्ने मोडमा पुगे ।

तर, धर्मेन्द्र विवाहित थिए । दोस्रो विवाह गर्नु उनको धर्म विपरित थियो । त्यसैगरी पहिलो पत्नीबाट पनि उनी अलग हुन चाहदैनथे । यता हेमा मालिनी दक्षिण भारतिय परिवारका थिइन् । हेमाभन्दा १३ बर्ष जेठो थिए, धर्मेन्द्र ।

धर्मेन्द्रले आफ्नो नाम बदले, दिलावर खान । उनले हेमासँग यो सर्त पनि राखेका थिए कि, विवाहपछि उनले आफ्नी पहिलो पत्नी प्रकाश, बच्चा र परिवार छाड्ने छैन । हेमाले उनको सर्त मानिन् । सन् १९७५ मा प्रदर्शित फिल्म शोलेपछि उनीहरुले विवाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment