Comments Add Comment

‘साइना’ बन्न परिणिती के गर्दैछिन् ?

बलिउडमा वायोपिकको लहर चलेको छ, जसरी हामीकहाँ कमेडीको चलेको छ । खासगरी स्पोर्टस् जनरामा ।

‘साइना’ यस्तै वायोपिक हो, जसले एक भारतिय ब्याडमिन्टन खेलाडीको जीवनगाथा समेट्नेछ । उनी हन्, सााइना नेहवाल । ब्याडमिन्टन खेलाडी बन्नका लागि गरेको उनको सर्घष र सफलता फिल्ममा उतारिनेछ । र, साइनाको रुपमा चाहि अभिनेत्री परिणिती चोपडाको पर्दापण हुनेछ ।

यसर्थ अब परिणितीले आफुलाइे ब्याडमिन्टन खेलाडी साइना नेहवालको रुपमा आफुलाई रुपान्तरण गर्नुपर्ने हुन्छ । उनकै खेल कौसल देखाउनुपर्ने हुन्छ । अनस्त्रिmन सही, उनकै संघर्ष छिचोल्नुपर्ने छ । अर्थात साइना नेहवालले जीवनमा जे-जति गरिन्, ति सबै परिणितीले दोहोर्‍याउनुपर्नेछ ।

‘मेरी कोम’मा एक जुझारु बक्सर बन्नका लागि पि्रयंका चोपडा बक्सर खेलकै तालिम लिएकी थिइन् । यसैगरी ‘दंगल’का लागि आमिर खानले उत्तिकै मेहनत गरेका थिए । अब पालो, परिणितीको । पालो मात्र होइन, परीक्षा पनि हो ।

के गर्दैछिन् परिणिती ?

साइना नेहवालको रुपमा आफुलाई दुरुस्त उतार्नका लागि परिणितीले यतिबेला निकै मेहनत गरिरहेकी छिन् । साइना के गर्थिन्, कसरी बोल्थिन्, कसरी हिँड्थिन्, कसरी खेल्थिन् भनेर उनी साइनाको भिडियो हेरिरहेकी छिन् । यसका लागि उनले हरेक दिनको एक निश्चित समय नै छुट्याएकी छिन् ।

परणितीले साइनाले खेलमा देखाउने हाउभाउ र खेलपछि देखाउने हाउभाउलाई विशेष ध्यान दिइरहेकी छिन् ।

आˆनो तयारीलाई लिएर परणितीले भनेकी छिन्, ‘म भिडियो हरेर सिक्ने मान्छे हुँ । मैले हरेक कुराहरु भिडियोमा हेरेर सिकिरहेको छु । उहाँले खेल्नुभएको, बोल्नुभएको देखि शारीरिक शाउभाउलाई पनि भिडियोमा हेरेर सिकिरहेको छु ।’

परणिती भिडियो हेर्ने मात्र नभएर ब्याटि्मन्टन पनि सिकिरहेकी छिन् । उनी भन्छिन्, ‘भिडियो हेरेर त उहाँले गर्ने कुराहरुलाई देखिन्छ मात्र । वास्तविकतामा रहेर काम गर्न त सिक्नु पनि पर्छ । त्यसैले म ब्याडमिन्टन पनि सिकिरहेको छु ।’

यस चलचित्रलाई टी-सीरीजको व्यानरमा भुषण कुमार र दिव्या खोसला कुमारले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई २०२० मा रिलिज गर्ने तयारी निर्माण युनिटको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment