
माधुरी दीक्षित त्यसो त अहिलेकी पुस्ताकी अभिनेत्री होइनन् । अहिले बलिउडमा उनको छोरी पुस्ताले कब्जा जमाइसके । यद्यपी माधुरीको लागि अहिले भाग्य दाहिना छ ।
उमेरले ५१ बर्ष पार गसिसकेकी यी अभिनेत्रीको जवानी फर्किएको छ, अनस्किनमा भएपनि । जस्तो कि, ‘कलंक’को गीत ।
भर्खरै मात्र सार्वजनिक गीतमा उनी कुनै नवयौवना भन्दा कम छैनन् । गीतको बोल हो, तबाह हो गए । श्रेय घोषालले गाएकी हुन् । शब्द अमिताभ भट्टचार्यको हो । गीतमा प्रीतमको संगीत छ । गीतको नृत्य निर्देशन सरोज खान र रेमी डि सेउजाले गरेका हुन् ।
माधुरी दिक्षितले नृत्य गरेको भिडियो हेर्न दर्शक निकै आत्तुर थिए । भिडियो सार्वजनिक भएपछि माधुरीले आफू अझै राम्रो नाच्न सक्ने कुराको प्रमाणित गरेकी छिन् । भिडियोमा माधुरीको नृत्य रुचाएपनि गीतलाई भने दर्शकले मन पराएका छैनन् । भिडियोमा आएका प्रतिकृयाहरु हेर्दा गीतलाई गाली गर्नेको संख्या निकै देखिन्छन् ।
अब कुरा गरौं, कलंकको ।
यो बहुप्रतिक्षित फिल्म हो । करण जौहरको बिग प्रोजेक्ट पनि । फिल्मको टिजर सार्वजनिक भएसँगै यसले बलिउडमा सानोतिनो पराकम्पन ल्याइसकेको छ ।
अभिषेक वर्मन निर्देशित चलचित्र ‘कलंक’मा मधुरी दिक्षितसँगै संजय दत्त, सोनाक्षी सिंह, आदित्य कपुर, आलिया भट्ट, बरुण धवनको पनि मुख्य भूमिका रहेको छ । अपि्रल १७ मा रिलिज हुने यस चलचित्रमा करण जोहर, साजिद, यस जोहर, एप्रुवा मेथाको लगानी छ । करणले यस चलचित्रलाई आˆनो डि्रम प्रोजेक्ट भनेका छन् ।
प्रतिक्रिया 4