Comments Add Comment

आँधी पीडितलाई एनआरएन युएईकाे १ लाख सहयाेग

युएई । गैरआवासीय नेपाली संघ (एनआरएन) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयाेग गरेकाे छ।

संघले आन्तरिकरुपमा पदाधिकारी र सदस्यहरुबाट संकलित १ लाख रुपैयाँ पीडितलाई सहयाेग गरकाे हाे । उक्त रकम गैरआवासीय नेपाली संघकाे अन्तर्राष्ट्रिय समन्वय परिषदकाे खातामा जम्मा गरिएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

यसअघि प्रभावित क्षेत्रका ५ सय परिवारलाई एनआरएन युएईले पहिलो चरणकाे राहत अन्तर्गत खाद्यान्न सहायता गरेकाे थियाे ।

संघका प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका थिए । प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, १ लिटर तेल र १/१ वटा बाल्टिन तथा जग वितरण गरिएको क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment