+
+
Shares

छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

रासस रासस
२०७५ चैत २८ गते १३:०८

२८ चैत, लाहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।

सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा बुधबार विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र सदामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?