Comments Add Comment

विप्लव समूहका मकवानपुर इञ्चार्ज पक्राउ

Photo Credit : Facebook

२९ चैत, हेटौंडा । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।

सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment