+
+
Shares

पाकिस्तानमा विष्फोट, ७ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते ११:१६

२९ चैत, काठमाडौं । पाकिस्तानको क्वेटामा शुक्रबार बिहान शक्तिशाली बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् ।

पाकिस्तानको प्रहरीले  क्वेटाको खुला बजारमा शक्तिशाली बम विस्फोट हुँदा मानवीय क्षति भएको पुष्टि गरेको छ ।

अल्पसंख्यक सिई मुस्लिमको बसोबास क्षेत्र नजिकै विस्फोट भएको त्यहाँका प्रहरी प्रमुख अब्दुर रजाक चिमालार उद्धृत गर्दै एपीले समाचार लेखेको छ ।

उनले उद्धारकर्ताहरुले घाइतेको उद्धार गरिरहेका बताएका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

पाकिस्तानमा यसअघि पनि यस्ता विस्फोट हुने गरेको थियो । अधिकांश विस्फोटका जिम्मेवारी सुन्नी अतिवादी समूहले लिने गरेको थियो ।

सिईहरु मार्नका लागि लायक हुने अतिवादी मान्यता सुन्नीहरुमा भएकाले यसमा उनीहरुकै संलग्नता रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?