Comments Add Comment

जीतगढीमा दोस्रो बिजयोत्सवको तयारी

२८ चैत्र, बुटवल । बुटवलमा रहेको युद्धस्थल जीतगढीको मुहार फेरिएको छ । किल्लामा यो मोर्चाका कमाण्डर रहेका कर्णेल उजिरसिंह थापाको ८ फिट अग्लो तामाको पूर्णकदको शालिक र ९ फिट अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।

बुटवल उपमहानगरपालिकाले किल्ला नजिकैको घर र कभर्ड हल हटाएर जीतगढी युद्ध संग्रहालय (बटौली संग्रहालय) बनाउने प्रक्रिया पनि थालेको छ ।

उपमहानगरपालिकाका अनुसार, अघिल्लो आर्थिक वर्ष ५० लाख र यसपटक १ करोड वजेट विनियोजन गरेर यो ऐतिहासिक किल्लालाई पर्यटकीय स्थलसमेत बनाउने काम थालिएको हो ।

यो परियोजनामा संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेको थियो । २०७६ वैशाख ७ गते जितगढी विजय उत्सव मनाइदैछ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार विजयोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानसेनापति पुर्णचन्द्र थापा लगायत सहभागी हुनेछन् ।

इष्ट इन्डिया कम्पनी सरकारको फौजसँग यो किल्लामा भएको युद्धमा संवत १८७२ वैशाख ७ गते नेपाल विजयी भएको थियो ।

बुटवल- १ मा रहेको यो किल्लामा गतसालदेखि औपचारिक कार्यक्रम गरेर विजयोत्सव मनाउन थालिएको हो ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment