+
+
Shares

नवलपरासीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३० गते ११:४८

३० चैत, नवलपरासी । पूर्वीनवलपरासीमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२/२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० यात्रु घाइते छन् । उनीहरुको भतरपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?