+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

एक सिपाही एक बिरुवा सहितको ‘गो ग्रीन’ कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते १६:०६

१ वैशाख, डोटी । डोटीको सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले बृक्षारोपण गर्दै ‘ग्रो ग्रीन’ कार्यक्रम सुरु गरेको छ ।

नयाँ बर्ष २०७६ सालको अवसरमा रुद्धध्वज गणले एक सिपाहीले कम्तीमा एक विरुवा रोप्ने लक्ष्यसहित गो ग्रिन कार्यक्रम सुरु गरेको हो । गणले सिलगढी व्यारेक, बारुद खाना र सुरक्षा गुल्म पैया भञ्ज्याभित्र विभिन्न जातका तीन सय बोटबिरुवा रोपेको छ ।

आइतवार तीन सय बिरुवा रोपिएको र अब असारमा थप विरुवा रोपिने रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । ‘हाम्रो वार्षिक कार्यक्रमअनुसार हामीले नयाँ वर्षको अवसरमा ‘गो ग्रस्न’ कार्यक्रमको शुभारम्भ गरेका छौं’ प्रमुख सेनानी खड्काले भने ‘अहिलेको सिजनमा रोप्न मिल्ने विरुवामात्रै रोपेका छौं, बाँकी असारमा रोप्छौं ।’

यस अभियानलाई निरन्तरतादिन सबैले आआफ्नो क्षेत्रमा सहयोग गर्ने विश्वास खड्काले गरे । पानीको अभावले पनि अहिले कम विरुवा रोपिएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?